२२ बैशाख २०८१, शनिबार

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला दाङबाट पक्राउ


धर्मेन्द्र बास्तोला

दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आज बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो ।

पोखराबाट आफ्नो घर सुर्खेतको नेपालगञ्ज जाने क्रममा बास्तोलासहितको ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको छ । केहि दिनअघि मात्र बास्तोलाले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी छुट्टिएर नेकपा बहुमत गठन गरेर उनी संयोजक भएका थिए ।

गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएर उनी नेकपा बहुमतका संयोजक भएका हुन् । बास्तोला नेतृत्वले पार्टीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेको छ भने विप्लव नेतृत्वले अघोषित रुपमा निर्वाचनमा भाग लिएको छ ।

प्रहरीले निर्वाचन बहिस्कार गर्ने समूहलाई निगरानी गरिरहेको छ । उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको बताइएको छ । उनी घर हुँदै भोलि शुक्रबार बाँकेको कोहलपुरमा उक्त पार्टीले गर्ने भनिएको आन्तरिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !