४ जेष्ठ २०८१, शुक्रबार

मन्त्री पुनले भने, ‘अबको दशक ऊर्जा दशक, चुनौती सामना गर्न तयार छौँ’


Barshaman Pun

१४ वैशाख, काठमाण्डौ । जल, सिँचाइ तथा ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोटमा नेपाल सरकार मातहत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिल्यानास गर्दै २५ मेगावाटको सोलार आयोजना समयमै पूरा हुने बताएका छन् ।

उनले आफू सामु यो दशक ऊर्जा दशक बनाउने चुनौती भएको बताउँदै चुनौती सामना गर्न तयार भएको बताए । आगामी दुई वर्षसम्म औद्योगिकीकरण नबढे विद्युत बचत हुने र अब विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने पनि मन्त्री पुनले बताए ।

मन्त्री पुनले भने, ‘हरेक घरमा आयातीत सिलिण्डर ग्यास होइन, विद्युतीय चुह्लो हुनेछ’, उनले भने, ‘विद्युत क्षेत्रवाट समग्र राष्ट्रको अर्थतन्त्रमा चमत्कारिक परिवर्तन हुनेगरी काम गर्छौं ।’ जलस्रोत देशकै ठूलो प्राकृतिक स्रोत भएको बताउँदै उनले ऊर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर हुने तरिकाले काम गरिरहेको बताए। उनले भने, ‘विद्युत आयोजनाको निर्माण गर्दा सिँचाइ र जलस्रोतको योजना एकीकृत रूपमा निर्माण गरिनेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !