२४ बैशाख २०८१, सोमबार

एमालेले आज पोखरामा चुनावी सभा गर्दै, ओलीले गठबन्धनलाई जवाफ दिने


केपी शर्मा ओली

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज कास्कीको पर्यटकीय नगरी पोखरामा चुनावी सभा गर्दै छ । एमालेले गर्न लागेको उक्त चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

एमालेका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएका छन् । एमालेले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो ।

गठबन्धनले कार्यक्रम गरेको पोखराको अमरसिंह चौरमै आज एमालेले पनि चुनावी सभा गर्न लागेको हो । एमालेले आज पोखरामा गर्न लागेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधनमार्फत गठबन्धनलाई जवाफ दिने बुझिएको छ ।

एमाले र गठबन्धन दुवैले पोखरालाई पनि प्रतिष्ठाको विषय बनाएका छन् । सभाको तयारी पूरा भएको महानगर कमिटी पोखरा स्रोतले बताएको छ । पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य साझा उम्मेदवार रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !