१४ बैशाख २०८१, शुक्रबार

एमालेले आज ललितपुरमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज ललितपुरमा चुनावी सभा गर्दै छ । एमालेले गर्न लागेको उक्त चुनावी सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

एमालेका तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएका छन् । एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो ।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनावी प्रचार-प्रसार र प्रतिबद्धता जनाउन देशभर विभिन्न कार्यक्रम जारी राखेका छन् ।

यसअघि पाँच दलीय सत्ता गठबन्धनले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा वैशाख २३ गते शुक्रबार गरेको संयुक्त चुनावी सभालाई शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !