२२ बैशाख २०८१, शनिबार

ओली गणतन्त्रको खिलापमा भएकोले चुनाव जिते संसद विघटन गरेर राजतन्त्र फर्काउन सक्छन् : देउवा


शेरबहादुर देउवा

पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रको खिलापमा भएकोले चुनाव जिते भने भोलिपल्टै संसद विघटन गर्नुका साथै राजतन्त्र फर्कान सक्ने आरोप लगाएका छन् ।

पाँच दलीय सत्ता गठबन्धनले आज पोखराको अमरसिंह चौरमा गरेको विशाल चुनावी आमसभा लाई सम्बोधन गर्दै सभापति देउवाले ओलीको पार्टीले चुनाव जितेमा संसद भंग गरिदिने र राजतन्त्र फर्किने सक्ने लघुतावास प्रकट गरेका हुन् ।

सभापति देउवाले ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको बताए । देउवाले गठबन्धन बचाउनका लागि पोखरामा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने बाध्यता रहेको बताए ।

यस्तै उनले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको स्पष्ट पारेका छन् । गठबन्धनका उम्मेदवारले देशभरी नै जित्न जरुरी रहेको पनि उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !