१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले किन अचानक गर्दैछन् पत्रकार सम्मेलन ?

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पत्रकार सम्मेलन गर्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा आज बिहान साढे १० बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा पत्रकार सम्मेलन हुन लागेको हो ।

एमाले अध्यक्ष ओलीले किन अचानक पत्रकार सम्मेलन गर्दैछन् ? भन्ने पनि जिज्ञाषा बढेको छ । एमालेले समसामयिक देशको राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनका सन्दर्भमा केही समयपछि पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !