५ जेष्ठ २०८१, शनिबार

शेरबहादुर भन्दा पहिला मैले गठबन्धन हुनुपर्छ भनेको हुँ : रामचन्द्र पौडेल


रामचन्द्र पौडेल चितवन भरतपुरमा

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर भन्दा आफूले पहिला गठबन्धन हुनुपर्छ भनेर कुरा उठाएको खुलासा गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको भरतपुरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले केपी शर्मा ओली प्रवृत्तिको विरुद्ध गठबन्धन गर्नु परेको बताएका हुन् ।

पौडेलले कांग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको स्पष्ट पारे । उनले केपी ओलीले संसदको हत्या गरेको आरोप समेत लगाए । उनले केपी ओलीकै कारण देश अकर्मण्यतातर्फ अघि बढिरहेको बताए ।

उनले गठबन्धनबारे चितवनमा काँग्रेसका केही नेताहरुले असन्तुष्टि जनाएकोबारे आफुले असन्तुष्ट नेताहरुसँग कुरा गर्न चाहेपनि उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताए ।

उनले केपी ओलीले मुलुकमा संसदको हत्या गर्दा आफुलाई महेन्द्रकालीन घट्ना सम्झना आएको भन्दै गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली, बलराम पौडेलहरु मुख्यमन्त्री र मन्त्री हुन पाउँथे भन्दै चितवनका काँग्रेस कार्यकर्ताहरूलाई प्रश्न समेत गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !