२६ बैशाख २०८१, बुधबार

आईजीपी नियुक्तिविरुद्ध दायर रिटको बहस सकियो, आजै आदेश आउन सक्ने


धीरजप्रताप सिंह, सर्वोच्च अदालत र विश्वराज पोखरेल

काठमाडौँ । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको आज भएको बहस सकिएको छ । हिजो शुरु भएको प्रारम्भिक सुनुवाइ आज बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखिएकोमा आज पुन बहस भएको थियो ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि बहस सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेकोले रिटउपर आजै आदेश आउन सक्ने सर्वोच्च अदालत प्रशासन स्रोतले बताएको छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

हिजोको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन दिएपछि सुनुवाइ आजसम्म हेर्दाहेर्दैमा राखिएको थियो । उक्त हिजो मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आज वैशाख २२ गतेलाई राखिएको थियो ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !