२१ बैशाख २०८१, शुक्रबार

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलको रिटको सुनुवाइ आज हुँदै


विश्वराज पोखरेल र सर्वोच्च अदालत

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ आज बुधबार हुँदै छ । आईजीपी नियुक्तिविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा सोमबार दायर रिट गरेको रिटको सुनुवाइ आज बुधबार हुने भएको हो ।

प्रहरी महानिरीक्षक नियुक्तिमा असहमति जनाउँदै एआईजी पोखरेलले सर्वोच्चमा आज रिट निवेदन दिएका थिए । वरीयता मिचेर आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले रिट निवेदनमा पोखरेलले आईजीपी नियुक्तिको निर्णय बदरको माग गरेका थिए ।

उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अगाडि रहेकाले सिंहको नियुक्ति कानुनविपरीत रहेको रिटमा उल्लेख गरेका छन् । उनले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्नु कानुन विपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो । एआईजी सिंहले दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् । आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति असहमति जनाउँदै एआईजी पोखरेलका साथै अर्का एआईजी सहकुल थापाले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !