१४ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगले केशव स्थापितलाई सोध्यो २४ घण्टे स्पष्टीकरण


केशव स्थापित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फवाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहार सम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले केहि दिनयता स्थापितले दिएको अभिव्यक्तिलाई लिएर चित्तबुझ्दो जवाफसहित स्पष्टिकरण सोधेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिका विषयमा जवाफ माग गरिएको बताए ।

मेयरका उम्मेदवार स्थापितले धुम्बाराहीमा वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तै, काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !