१४ बैशाख २०८१, शुक्रबार

सत्तारुढ दलहरुले निर्वाचनकै मजाक हुनेगरी चुनावी गठबन्धन गरेको महतोको आरोप


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सत्तारुढ दलहरुले निर्वाचनकै मजाक हुनेगरी चुनावी गठबन्धन गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको स्थानीय तह चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भएपनि सत्तारुढ दलहरुले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको समेत लगाए । उनले सत्तारुढ दलहरु चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्नसमेत गरे ।

उनले देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको बताए । जनतासँग मजाक भइरहेको र यहाँका ठूलाबडा पार्टीहरुले जनतासँग गठबन्धन भनेर मजाक गरेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !