२४ बैशाख २०८१, सोमबार

कांग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने


नेपाली कांग्रेस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन कडा निर्देशन दिएको छ । काँग्रेसले यदि उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने सम्मको चेतावनी दिएको छ ।

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध वागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे-गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार विहान १० (दश) बजेदेखि ५ (पाँच) बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ काँग्रेसले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ काँग्रेसले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !