२२ बैशाख २०८१, शनिबार

देशलाई अस्थिरतामा धकेल्ने तत्व सक्रिय रहेको मन्त्री बादलको वादी


१४ वैशाख, रुपन्देही । गृहमन्त्री रामबहादुर थापा बादलले लुम्बिनी प्रेस क्लव भैरहवाले शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको साक्षात्कारमा बोल्दै मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाड्ने र यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउने बताएका छन् ।

उनले भने, ‘सिण्डिकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सुरुवात गरिन्छ, ढुक्क हुनुस् ।’ देशलाई अस्थिरतातर्फ धकेल्न केही तत्व सक्रिय भएको बताउँदै उनले त्यस्ता तत्वलाई खोजी-खोजी कार्वाही गर्ने बताए ।

अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्नका लागि केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको उनले बताए । गृहमन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटनालाई पूर्ण रुपमा रोक्ने जिकिर गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !