२१ बैशाख २०८१, शुक्रबार

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका १९ निर्णयहरु


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने भएको छ । सरकारले २०७९ जेठ १ गतेदेखि लागु हुनेगरी परीक्षणका रुपमा लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् । यस्तै उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म कायम गर्ने भएको छ ।

यस्तै मंगलबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ ।बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !