१९ बैशाख २०८१, बुधबार

विप्लव समूहका दुई नेता रिहा


नेत्रविक्रम चन्द

मोरङ । नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका तत्कालिन मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा रिहा भएका छन् । खतिवडा सोमबार धरौटीमा रिहा भएका हुन् ।

खतिवडा २०७६ साल असोज १६ गते पक्राउ परेका थिए। खतिवडालाई संगठित अपराध विष्फोटक पदार्थ सम्बन्धी मुद्दा चलाइएको थियो । त्यस्तैगरी सोही मुद्दामा पक्राउ परेका अर्का नेकपाका नेता बालकुमार डाँगीसमेत रिहा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !