१९ बैशाख २०८१, बुधबार

टिकट वितरणमा आर्थिक चलखेल भयो : शेखर कोइराला


डा. शेखर कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय नभएको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए ।

“जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,” विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !