१४ बैशाख २०८१, शुक्रबार

८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर : केशव स्थापित


केशव स्थापित

काठमाडौं । एमालेका नेता केशव स्थापितले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आफू प्रमाणित मान्छे भएको बताएका छन् ।

पुर्व मन्त्री तथा निवर्तमान प्रदेश सांसद समेत रहेका स्थापितले महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने जिकिर गरे ।

स्थापितले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’ स्थापितले गठबन्धनको उम्मेदवारले भन्दा दोब्बर भोट ल्याएर जित्ने दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !