२० बैशाख २०८१, बिहिबार

ललितपुरको मेयरमा कांग्रेसवाट चिरिबाबु महर्जन उम्मेदवार


चिरीबाबु महर्जन

ललितपुर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा महर्जनलाई नै टिकट दिएको हो । उनी ललितपुरका वर्तमान मेयर पनि हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट महर्जनलाई आज सोमबार विहान टिकट पक्का भएको हो । मेयरको उम्मेदवारका लागि महर्जनसँगै शेखर कोइराला समूहका प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनले पनि दावेदारी गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !