४ जेष्ठ २०८१, शुक्रबार

महानगरको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाउन काँग्रेसको बैठक आज बस्दै


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाउन काँग्रेसको बैठक बस्न लागेको हो । आजै बिहान ९ पार्टी कार्यालय सानेपामा नै शीर्ष नेताबीच अनौपचारिक छलफल पनि हुँदै छ ।

काँग्रेसका शीर्ष नेताबीच उम्मेदवार टुङ्गो लगाउन शुक्रबार र शनिबार पनि बालुवाटारमा छलफल भएको थियो । तर बालुवाटारमा ठोस सहमति जुट्न नसकेपछि आज आइतबार नै सबै विषय टुंगो लगाउने गरी बैठक बस्न लागेको हो ।

 

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !