२२ बैशाख २०८१, शनिबार

कोहलपुर मेयरमा माओवादी नेता न्यौपानेको नाम सिफारिस


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा फाइल फोटो

दाङ् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले कोहलपुरको मेयर पदका लागि नरेन्द्र न्यौपानेको नाम सिफारिस गरेको छ । नगर कमिटीको बैठकले न्यौपानेको नाम र नगरको उपाध्यक्षमा चार जनाको नाम सिफारिस भएको हो ।

एक नेताका अनुसार उपाध्यक्षमा रेणुका खड्का, सावित्रा पुन, कौशिला कार्की र विष्णु चौधरीको नाम सिफारिस भएको छ । गठबन्धनसँग चुनावी तालमेल नभएपछि माओवादीले एकल रुपमा न्यौपानेको मात्रै नाम सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !