२० बैशाख २०८१, बिहिबार

उपमहानगरको भागबण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक शुरु


सत्ता गठबन्धन बैठक

काठमाडौं । उपमहानगरको भागबण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनको बैठक शुरु भएको । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघि बैठक शुरु भएको हो ।

लामो रस्साकस्सीपछि गठबन्धनमा महानगरपालिकाको भागबण्डामा हिजो सहमति भएतापनि उपमहानगरको भागबण्डामा भने सकस देखिएको हो । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो ।

हिजो मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगरपालिकामध्ये कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ वटा दिने सहमति भएको थियो ।

गठबन्धनमा भएको सहमतिअनुसार अव काठमाडौं, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादी पार्टीले पाउने भएका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशका पार्टीका नेताहरूलाई बोलाएर छलफल गरेपछि नेकपा एकीकृत समाजवादीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

हिजो मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि एक ठाउँमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक आज पनि बसेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !