२२ बैशाख २०८१, शनिबार

मोदीको नेपाल भ्रमणसँगै दुई देशवीचको सहमति कार्यान्वयनमा आउँछ : मन्त्री ज्ञवाली


प्रदीपकुमार ज्ञवाली

१३ वैशाख, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाल्पामा एमाले पाल्पाले आयोजना गरेको कार्यक्रममा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुबै देशवीच भएका सहमति व्यवहारिक रुपमा कार्यान्वयन गराउने दिशामा काम हुने स्पष्ट पारेका छन् ।

उनले कृषि साझेदारी र रेल सम्भाव्यता अध्ययनका विषयमा सम्झौता गर्ने तयारी भइरहेको जानकारी पनि दिए । मन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवश वा बैशाख २२ गते माक्र्सको जन्मदिनको दिन पारेर एमाले र माओवादी पार्टीबीच एकता घोषणा गर्ने गरी तयारी भएको पनि बताए ।

मन्त्री ज्ञवालीले पार्टी एकता हुनेमा कुनै शंका नगर्न समेत कार्यकर्तालाई आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !