२० बैशाख २०८१, बिहिबार

राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट भएको प्रचण्डको दावी


प्रचण्‍ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको टिप्पणी गरेका छन् ।

विभिन्न पार्टीबाट आएका नेताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको र माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए ।

केही समय पहिले अलिकति आफू कन्फ्युजन भएको र भ्रम माओवादीको बारेमा भएको बताए । तर अहिले गतसाल जतिबेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको उनले बताए ।

उनले भने, “प्रतिगामी षड्यन्त्र भयो । प्रतिक्रान्ति गर्ने षड्यन्त्र भयो । त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौँ र हामी त्यसमा सफलता प्राप्त गर्‍यौँ । त्यसैगरी यो देशका मधेसी, थारू, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकारको लडाइँ माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !