१९ बैशाख २०८१, बुधबार

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक जारी


नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक जारी रहेको छ । कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी रहेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत २८ गते सोमबार एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठन गरिएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज वैशाख २ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका थिए ।

कांग्रेसले बैठकमा कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !