१४ बैशाख २०८१, शुक्रबार

मन्त्री कार्कीले भने- हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव छलफलको विषय भएको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका कार्कीले शुक्रबार पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले बिदा दिनेबारे सरकारबाट निर्णय भइनसकेको बताए ।

मन्त्री कार्कीले इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु