२२ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगको निर्णय सच्याउन प्रधानमन्त्री पत्नी आरजुको माग


डा. आरजु राणा देउवा

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले निर्वाचन आयोगको निर्णयप्रती आपत्ति जनाएकी छन् ।

आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय खारेज गरेपछी देउवाले आपत्ति जनाएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको बारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !