११ जेष्ठ २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गर्ने


केपी ओली फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सामाजिक सेवा केन्द्रको ऐतिहासिक घोषणा गर्ने भएका छन् । अध्यक्ष ओलीले चैत २० गते आइतबार अपरान्ह साढे ४ बजे एभरेष्ट होटेल नयाँ वानेश्वरमा एक कार्यक्रम आयोजना गरेर ऐतिहासिक घोषणा गर्ने भएका हुन् ।

नेपालमा पहिलोपटक नेकपा एमालेद्वारा परोपकार मानव सेवामा समर्पित रहने उद्धेश्यका साथ संचालन गर्न लागेको सामाजिक सेवा केन्द्रको अध्यक्ष ओलीले ऐतिहासिक घोषणा गर्न लागेको पूर्व उद्योग, वाणिज्य एवं आपूर्ति राज्यमन्त्री एवं तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका विशेष आर्थिक सल्लाहकार समेत रहेका एमाले केन्द्रीय सदस्य मोती लाल दुगडले नेपालपत्रलाई बताए ।

एमालेले सामाजिक सेवा केन्द्र बनाएर आपतमा परेका आम नागरिकको निःशुल्क सेवा दिने भएको हो । राजनीतिक पार्टीले विदेशबाट कुनै सहयोग नलिई आफ्नै खल्तीबाट आर्थिक सहयोग गरेर यस खाले स्वयम् सेवा गर्न लागेको हो । यसअघि पनि २०७२ सालको महाभूकम्पको समयमा करीब २७ हजार घर एमालेका स्वयंसेवकहरुले बनाएको पनि एमालेले बताउदै आएको छ ।

एमाले निमन्त्रणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !