१९ बैशाख २०८१, बुधबार

प्रचण्‍डको दावी : देशको संकटमोचक पार्टी माओवादी हो


प्रचण्‍ड फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई राजनीतिक अफ्ठेरोबाट बचाउने संकटमोचक पार्टी माओवादी भएको दावी गरेका छन् ।

आज बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभरी माओवादी प्रतिको आकर्षण बढ्दै गएको जिकिर गरेका हुन् । ‘जनतामा फेरि माओवादीप्रति आकर्षण बढेको देख्छु । म देशभरि घुमेको छु,’ उहाँले भने, ‘यसो भनेर म कुनै अहंकार गर्दै छैन ।’

प्रचण्डले माओवादी केन्द्रले देशमा आउने प्रत्येक समस्यामा संकट मोचनमा भूमिका खेल्दै आएको भए पनि केहिलाई स्वीकार गर्न अफ्ट्यारो पर्ने विचित्र अवस्था रहेको बताए । उनले अधिकांश जनतामा माओवादीको भुमिकालाई बुझ्ने बुझाईमा वृद्धि भएको भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !