२० बैशाख २०८१, बिहिबार

स्थानीय सरकारले जनताका धेरै काम गरेको उर्जामन्त्रीको दावी


पम्फा भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पाँच वर्षका बीचमा स्थानीय सरकारले जनताका धेरै काम गरेको र जनताका घर आँगनमा सिंहदरबार सार्थक भएको बताएका छन् ।

ललितपुर महानगरपालिका वडा नं २३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

ठेकेदारका कारण कतिपय भौतिक पूर्वाकारका काममा ढिलाइ हुने गरेको भन्दै उनले जनताले आफ्नो अधिकारका लागि निरन्तर खबरदारी गर्नुपर्ने बताइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !