४ बैशाख २०८१, मंगलबार

Tag: पम्फा भुसाल

मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल

ललितपुर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएकी छन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या हुने सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।