२० बैशाख २०८१, बिहिबार

नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बस्दै


एमाले केन्द्रिय कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बस्दै छ । एमालेको हिजो शुरु भएको तेस्रो केन्द्रीय कमिटी दोस्रो दिनको बैठक काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा आज पनि बस्ने भएको भएको हो ।

आज बस्न लागेको केन्द्रीय कमिटीको बैठकमा हिजो बुधबार प्रस्तुत भएका प्रतिवेदनमाथि छलफल हुने भएको हो । आगामी वैशाख ३१ हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको तयारी लगायत विषयमा छलफल हुने पार्टीका उपमहासचिव एवं प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकमा हिजो बुधबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले पेश गरेको साङ्गठनिक प्रतिवेदन तथा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको प्रतिवेदनमाथि छलफल हुने भएको हो ।

आजको बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायत ११ कार्यसूची रहेका छन् । बैठकमा शपथग्रहण गर्न बाँकी रहेका ३ जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष शपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !