२१ बैशाख २०८१, शुक्रबार

एमाले प्रदेश कमिटी सदस्यसहितका नेता कांग्रेसमा प्रवेश


रामकृष्ण हुमागाईं

काठमाडौं । एमाले काभ्रेपलाञ्चोक प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईंसहित नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हुमागाईंसहित पूर्वगाविस अध्यक्ष साधुराम बडाल, उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईं कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा स्वागत गरेका हुन् । उनीहरूसहित एमालेका स्थानीय नेताहरू माधवमणि हुमागाईं, जिल्ला सदस्य मुरारी हुमागाईं, एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत, एमाले नगर सदस्य यादव गौतम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !