२० बैशाख २०८१, बिहिबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै


एमाले केन्द्रीय कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्न लागेको हो ।

दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा आगामी वैशाख ३१ हुन लागेको स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णु प्रसाद पौडेलले प्रतिवेदन पेश गर्ने कार्यसूची समेत रहेको छ । साथै बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायत कार्यसूची पनि रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !