२० बैशाख २०८१, बिहिबार

चाँडै मन्त्रीमण्डल पुर्नगठन हुन्छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड फाइल फोटो

काठमाडौं । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल चाँडै पुर्नगठन हुने बताएका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मन्त्रिमण्डलमा हेरफेरको कुरा चलेको र केही मन्त्रालय हेरफेर हुने बताएका हुन् ।

उनले भने, “मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ । केही मन्त्रालय हेरफेर हुने कुरा चलेको छ, केही नयाँ आउने सम्भावना पनि छ ।”

प्रचण्डले मन्त्रिमण्डल हेरफेर हुँदा हैसियत अनुसारको मन्त्रालय र संख्या पाउनुपर्ने विषय रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !