२१ बैशाख २०८१, शुक्रबार

६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै


प्रेमबहादुर सिंह

काठमाडौँ । ६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सिंगै दल आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । सिंहको नेतृत्वमा रहेको पार्टी नै एमालेमा एमालेमा विलय हुन लागेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र सिंहबीच पार्टी प्रवेशबारे छलफल भएपछि उनी एमालेमा प्रवेश गर्ने भएका हुन् ।

उनी तीन पटक कानुनमन्त्री, दुई पटक खानेपानी तथा सरसफाई मन्त्री र एक पटक बिज्ञान तथा प्रबिधि मन्त्रीको जिम्मेवारी सम्हाली सकेका अनुभवी नेता हुन् । चुनाव नजिकिदै गर्दा दल बदल्ने क्रम जारी रहेको अवस्थामा पूर्व मन्त्री सिंह एमालेमा प्रवेश गर्न लागेका हुन् ।

पूर्वमन्त्री सिंहसंगै आज नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छिन् । यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् ।

यो पनि पढ्नुहोस्

अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !