२५ बैशाख २०८१, मंगलबार

नेता राजेशमान सिंहलगायत नेताहरु जसपा प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टीमा स्थापित नेता राजेशमान सिंह लगायत नेताहरु लोसपा, माओवादी आदि पार्टी परित्याग गरी जसपा प्रवेश गरेका छन्।

जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपा,माओवादी आदि पार्टी परित्याग गरी आएका नेताहरुलाई स्वागत गरेका गरेका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।

उनले लेखेका छन्, “वीरगंजमा जसपा प्रवेशको लहर ! स्थापित नेता राजेशमान सिंह लगायत हजारौं जना लोसपा,माओवादी आदि पार्टी परित्याग गरी जसपा प्रवेश ! आगामी स्थानीय निर्वाचन जसपाले क्लिन स्विप गर्ने आकलन र अपेक्षा !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !