२४ बैशाख २०८१, सोमबार

निर्वाचन आयोग गठबन्धनसँग मिल्यो, एमालेविरुद्ध लाग्यो : अध्यक्ष ओली


एमालेको पोलिट्व्यूरो कमिटीको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग वर्तमान सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाएका छन् ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी एमालेको पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले निर्वाचन आयोगको गतिविधि सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्ध लागेको आरोप लगाएका हुन् ।

यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताएका छन् । उनले स्थानीय निर्वाचनमा भरतपुर र सिराहा काण्ड दोहोरिन सक्ने आशंका व्यक्त गरे ।

उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको आशंका जनाएका हुन् ।

उनले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरे । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !