२० बैशाख २०८१, बिहिबार

एमालेको प्रश्न : प्रधानमन्त्रीले चुनाव लड्दा पदबाट राजीनामा दिनुपर्दैन ?


विष्णुप्रसाद रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह चुनावमा उमेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

रिमालले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता व्यवस्थाप्रति आपत्ति जनाएका छन् । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता अनुसार उमेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्नेछ ।

उनले लेखेका छन्, “प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन । स्थानीय तहका “प्रधामन्त्री”-पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !