२१ बैशाख २०८१, शुक्रबार

देशी तथा विदेशी प्रतिक्रियावादीहरूको मुख्य निशाना माओवादी : प्रचण्ड


प्रचण्ड

बुटवल । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याउन ‘जनयुद्धकाल’देखि नै खोजिएको भए पनि प्रतिरोध गरेर अघि बढेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले अहिले पनि प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरूको मुख्य निशाना माओवादी भएको बताए ।

आज एक कार्यक्रममा बोल्दै उनले विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटनाहरू माओवादीलाई नै कमजोर बनाउने षडयन्त्रको उपज भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !