२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले भने- राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक


प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले यसको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको समेत दावी गरेका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !