१४ बैशाख २०८१, शुक्रबार

अधिकार माग्नु होइन, नाकाबन्दी गर्नु गलतः पूर्वराष्ट्रपति


चैत्र २०, २०७२- पूर्व राष्ट्रपति डा.रामवरण यादवले सबैको अधिकार सुरक्षित हुनेगरी अहिलेकै संविधान मार्फत देश विकासमा लाग्नुपर्ने बताएका छन् । उनले मधेसी, पहाडी र हिमाली सबै आपसमा मिलेर अघि बढ्नुपर्ने सुझाए ।

भैरहवामा शनिबार आयोजित सदभाव क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै उनले मधेसवासीले आफ्नो अधिकार माग्नु जायज भएको तर त्यसका लागि उनीहरुले लोकतान्त्रिक विधि अपनाउनुपर्नेमा उनको जोड थियो । वल्र्ड पीस फोरम नामक गैरसरकारी संस्थाले सन् २०१६ लाई सदभाव वर्षका रुपमा मनाउने क्रममा क्रिकेटको आयोजना गरेको हो ।

मधेसवादीले आफ्नो अधिकार माग्दा उनीहरुलाई सरकारले दवाउन नहुने भन्दै उनले मागकर्ताले पनि शान्तिपूर्ण तरीका अपनाउनुपर्ने बताए । मधेसवादीले सीमानाबाट ढुंगा प्रहार गर्नु र सरकारले पनि उनीहरुको कुरा सुन्नुको साटो दमन गर्नु दुवै गलत भएको उनले भने ।

आफूले नयाँ संविधान जारी गरेर जनताको नासो जनतालाई नै बुझाएको उल्लेख गर्दै पुर्व राष्ट्रपती यादवले संविधान जोगाउने दायीत्व सवै नेपालीको भएको बताए । आज बिहानै यादवले लुम्बिनीमा उक्त संस्थाले शान्ति र सद्भावकालागि लुम्बिनीदेखि भैरहवासम्म आयोजना गरेको साईकल दौडकोपनि उद्घाटन गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !