२० बैशाख २०८१, बिहिबार

एमालेले आगामी चैत ९ र १० गते बोलायो केन्द्रीय कमिटी बैठक


एमाले सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यस्तै आगामी ७ चैतमा पोलिट्ब्यूरो समितिको बैठक बस्ने र चैत १३ गते स्थायी कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

आज मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमालेको सचिवालयको बैठकले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक, ७ चैतमा पोलिट्ब्यूरो बैठक बस्ने र चैत १३ गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको बैठकमा सहभागी उनले बताए ।

आगामी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् । त्यस्तै एमाले केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पनि पारित गरेको छ ।

गुरुङका अनुसार बैठकमा जिल्लाको शक्ति सन्तुलन र कामका बारेमा रिपोर्टिङ हुने जानकारी दिए । उनले निर्वाचन विभाग पनि गठन भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !