१० मंसिर २०८१, सोमबार

रवीन्द्र मिश्रले गरे पेशागत भातृ संगठन भंगको जोडदार माग


रबिन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पेशागत भातृ संगठन भंग नभएसम्म जोसुकै नेतृत्वमा आएपनि परिवर्तन असम्भव भएको नेपाली समाजको तीतो यथार्थ व्यक्त गरेका छन् ।

अध्यक्ष मिश्रले इन्जिनियरको चुनावमा नेपाली कांग्रेसको प्यानल जित नजिक भएको भन्ने खवर संचारमाध्यम आएकोमा कडा आपत्ति जनाएका हुन् । सामाजिक संजाल फेसबुकमा केही समयअघि लेख्दै अध्यक्ष मिश्रले समाजका कुनै पेशा पनि राजनीतिवाट टाढा हुन नसकेको भन्दै बिरोध गरेका हुन् ।

मिश्रले संचारमाध्यममा हेडलाइनको रुपमा इन्जिनियरको चुनावमा कांग्रेसको प्यानल जित नजिक भन्ने समाचारलाई कोड गर्दै अपवादबाहेक वकिल, वकिल रहेनन्; न्यायाधिश, न्यायाधिश रहेनन्; डाक्टर, डाक्टर रहेनन्; प्राध्यापक, प्राध्यापक रहेनन्; शिक्षक, शिक्षक रहेनन्, कर्मचारी, कर्मचारी रहेनन्; व्यावसायी, व्यावसायी रहेनन्; ती सबै कांग्रेस/एमाले र के, के भए, भए ! भनेर गम्भीर आपत्ति जनाएका हुन् ।

मिश्रले यस्तो चरित्रबाट दीक्षित समाज कुनै पनि हालतमा रूपान्तरण हुन सक्दैन भन्दै यसतर्फ कुनै पार्टी र पार्टीका आशालाग्दा भनिएका यूवा नेताहरुको समेत ध्यान नगएकोमा खेद प्रकट गरेका हुन् ।

इन्जिनियर जस्तो देशको विकास गर्ने बिशुद्ध प्राविधिक पेशामा समेत राजनीतिक दलको हालीमुहाली हुने आफैमा बिडम्वनाको कुरा हो । नेपालमा राजनीतिले नछोएको विषय कुनै छैन । जताततै राजनीतिले गर्दा बिकृति र विसंगति मौलाएको छ ।

नेपालमा पहिला भन्ने गरिन्थ्यो ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ । तर अहिले यो भनाई नेपालमा झुट्टा जस्तो भएको छ । अहिले नेपालमा ‘जहाँ पुग्दैन रवी, त्यहाँ पुग्छ राजनीति’ भने जस्तो भएको छ ।

यो पनि पढ्नुहोस्

देश असफल राष्ट्र हुन लागेको संकेत गर्दै रवीन्द्र मिश्रद्वारा गम्भीर चिन्ता व्यक्त

देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !