२३ बैशाख २०८१, आइतबार

पहुँचका आधारमा टिकट नदिन जसपाका केन्द्रीय सदस्यहरूको नेतृत्वलाई सुझाव


जसपा नेपालको केन्द्रीय समितिको प्रथम बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । जसपाको जारी बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ माथि नेताहरूले आ–आफ्नो धारणा राखेको जसपाले जनाएको छ ।

सो क्रममा जसपाका केन्द्रीय सदस्यहरूले पार्टीका कार्यकर्तालाई मात्र चुनावको टिकट दिन नेतृत्वलाई सुझाव दिएका छन् । निर्वाचनमा टिकटका लागि दौडधुप चलेको र पैसाको बलमा टिकट हत्याउने प्रवृत्ति देखिएको भन्दै केही सदस्यहरूले नेतृत्वलाई सजक गराएको एक केन्द्रीय सदस्यले जानकारी दिए । आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीमा योगदान गरेकालाई मात्र टिकट दिन, पैसा र पहुँचका आधारमा टिकटको दुरुपयोग गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्य र प्रदेशका प्रतिनिधिहरूले रिपोर्टिङ गरिरहेको जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार आजको बैठकमा जसपाको सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थानीय तहको निर्वाचन निर्देशिका २०७८, पार्टीको विधान सम्मेलन र समसामयिक राजनीतिक विषयमाथिको प्रतिवेदन उपर धारणा राख्ने क्रम जारी छ । जसपाको केन्द्रीय समिति बैठक भोलि सोमबार सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !