१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठकमा रावलले मागे प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडको जवाफ


भीम रावल

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ ।

बैठकमा बोल्दै सांसद भीम रावलले दार्चुलामा भारतीय पक्षले तटबन्ध बनाइरहँदा समेत सरकार मौन बसेको बताएका छन् । रावलले भारतीय पक्षले एकपक्षीय तटबन्ध बनाउँदा पनि नेपाल सरकार नबोलेको बताए ।

सांसद रावलले भारत सरकारले एकतर्फी डोजर चलाएर महाकाली चेप्ने र दार्चुला जिल्लालाई खतरामा पार्ने काम भइरहेको भन्दै गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा उभिएर यसमा जवाफ दिनुपर्ने माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !