११ जेष्ठ २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै


Narendra Modi

८ वैशाख, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदी नेपाल आउन लागेका हुन् । मोदी नेपाल उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले दाबी गरको छ ।

मोदीको नेपाल भ्रमणको मिति तय नभएपनि उनी नेपाल चाँडै आउने परराष्टमन्त्री प्रदि ज्ञवालीले जनाए । यसपटक मोदी नेपाल आएकै दिन जनकपुर जाने स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदी जनकपुर जान चाहेका थिए तर सम्भव भएको थिएन ।

पहिले ओलीको भारत भ्रमण र अहिले हुने तयारी रहेको मोदीको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप मजबुद बन्ने सूत्रहरुको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !