२१ बैशाख २०८१, शुक्रबार

हिमाली जिल्ला मनाङमा कांग्रेसको चुनावी अभियान शुरु


कांग्रेसको क्रियाशील सदस्य

मनाङ । नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङमा चुनाव केन्द्रित कार्यक्रम शुरु गरेको छ । पार्टीको जिल्ला कार्यसमितिद्वारा आयोजित घर–घर जाऔँ कांग्रेस जिताऔँ चुनाव केन्द्रित अभियान शुक्रबारदेखि शुरु भएको हो ।

अभियानको केन्द्रीय सदस्य गणेश लामाले शुभारम्भ गर्दै पार्टीभित्रका सबै मतभेद बिर्सेर एकताबद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्ने बताए । केन्द्रीय सदस्य लामा भन्छन्, “पार्टीभित्र भएका मतभेद बिर्सौ, एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ । हिमाली जिल्ला मनाङबाट कांग्रेसलाई जिताउने गरी परिचालित हुनुपर्छ ।”

पार्टीका जिल्ला सभापति शङ्कर गुरुङले चुनावी अभियानका लागि अब गाउँमै व्यस्त हुनुपर्नेमा जोड दिए । गुरुङ भन्छन्, “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा उत्साह छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।”

कार्यक्रममा कांग्रेस नेता टेकबहादुर गुरुङ, पाल्टेन गुरुङ, कोमलबहादुर घले तथा कर्मा गुरुङले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !