२२ बैशाख २०८१, शनिबार

आयोगले १७ राजनीतिक दलहरूसँग आज छलफल गर्दै


निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले १७ राजनीतिक दलहरूसँग आज छलफल गर्दै छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि राजनीतिक दललाई बोलाएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका २/२ जना प्रतिनिधिहरुलाई आज शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगले बताएको छ ।

छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे आवश्यक रायसुझाव लिइने निर्वाचन आयोगले जानकारी दिएको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !