२२ बैशाख २०८१, शनिबार

सरकारको मुख्य लक्ष्य विकास र समृद्धि : गृहमन्त्री बादल


Ram Bahadur Thapa

७ वैशाख, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार काठमाण्डौमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती महिला विभागको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकारको मुख्य लक्ष्य विकास र समृद्धि भएको बताएका छन् ।

गृहमन्त्री थापाले विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सुशासन, शान्ति र सुरक्षाको प्रत्याभूति गराउन पनि मातहतका निकायलाई सचेत गराए । विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउनुपर्ने आवश्यक्तामा समेत उनले जोड दिए ।

गृहमन्त्री थापाले राजनीतिक अधिकार प्राप्तिको आन्दोलनलाई पूर्णता दिँदै मुलुकको समृद्धि र विकासमा केन्द्रित हुन पनि कर्मचारीहरुलाई सचेत गराए । उनले सुशासन, शान्ति र सुरक्षा स्थापना गर्न प्रतिबद्ध रहेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !