२४ बैशाख २०८१, सोमबार

काँग्रेस सप्तरी जिल्ला अधिवेशन सुरु


कांग्रेस

सप्तरी । सत्तारुढ दल नेपाली काँग्रेस सप्तरी जिल्ला अधिवेशन सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समिति अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !